जहदा गाउँपालिका-४ बाट हराएको मोटरसाइकलसहित चोर नियन्त्रणमा ।

जहदा गापा-४ बाट हराएको मोटरसाइकलसहित चोर नियन्त्रणमा ।

कोशी आवाज २०८२ आषाढ ९ गते सोमबार ।

मोरङ,रंगेली । जहदा गाउँपालिका–४ रामचोकस्थित एक किराना पसलअगाडि पार्किङ गरेर राखिएको मोटरसाइकल हराएको घटनामा संलग्न व्यक्ति मोटरसाइकलसहित पक्राउ परेका छन्।

२०७९ असार ८ गते दिउँसो करिब १ बजेको समयमा सुनिल साहले आफ्नो प्रदेश १–०२–०४३प–८५७१ नम्बरको कालो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल पसलबाहिर पार्किङ गरेका थिए। केही समयमै मोटरसाइकल हराएपछि साहले साँझ ९:१३ बजे इलाका प्रहरी कार्यालय पोखरियामा जानकारी गराएका थिए।

उनको उजुरीको आधारमा प्रहरी नायब निरीक्षक (प्रनानि) अनिल भुजेलको कमाण्डमा टोली खटिएको थियो। प्रारम्भिक खोजतलासपछि राति करिब ११:०५ बजे प्रचौ कर्सिया र प्रचौ गडेरीयाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–७ बवालीचोक नजिक नहरको बाटोमा मोटरसाइकलसहित एक युवकलाई फेला पारेको हो।

पक्राउ पर्ने व्यक्ति धनपालथान गाउँपालिका–४ निवासी लक्कीराम हेमरमका अन्दाजी १९ वर्षीय छोरा जोसेफ हेमरम रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ। उनी मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

हाल मोटरसाइकल र चोरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।