धनपालथानमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धनपालथानमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कोशी आवाज २०८३ असोज १९, सोमबार ।

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६, रङ्गकालीस्थित हुलाकी सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।सोमबार साँझ करिब ६ः४० बजे भएको दुर्घटनामा विराटनगर महानगरपालिका–७, मिलनचोकका **२२ वर्षीय दिलीप बि.क.**को मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बि.क.को कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा साँझ करिब ७ बजे मृत्यु भएको हो।दुर्घटनामा धनपालथान गाउँपालिका–५ का २५ वर्षीय रूपेश सरदार घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र कोशी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।