धनपालथान–१ मा रास्वपाको टोल समिति गठन ।
कोशी आवाज २०८३ असोज १८ गते आइतबार ।
विराटनगर । धनपालथान गाउँपालिका–१ नोचाको गडेरिया सिमाकात टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोल समिति गठन गरिएको छ।
वडा सभापति रविन्द्र मण्डलको अध्यक्षता तथा गाउँपालिका संस्थापक सभापति दिपेश शाहको प्रमुख आतिथ्यमा समिति गठन गरिएको हो।
समितिको संयोजकमा निरज कुमार महतो, सहसंयोजकमा मञ्जु देवी मण्डल तथा सदस्यहरूमा सागर मण्डल, मिना देवी मण्डल र तारा देवी महतो चयन भएका छन्।
कार्यक्रममा जनताको आवाजलाई प्राथमिकतामा राख्दै सुशासन, पारदर्शिता, जवाफदेहिता र सकारात्मक परिवर्तनका लागि स्थानीयस्तरबाट संगठित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ।