फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले मोरङद्वारा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस ।

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले मोरङद्वारा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस ।

कोशी आवाज २०८२ पुष २० गते आइतबार ।

मोरङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले मोरङले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। मोरङका छवटै निर्वाचन क्षेत्रीय कमिटीले आ–आफ्ना क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीलाई सिफारिस गरेका हुन्।

कुनै पनि निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस हुन नसकेको एमाले मोरङले जनाएको छ। छवटै निर्वाचन क्षेत्रबाट गरी कुल ४३ जना आकाङ्क्षीको नाम सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्रअनुसार सिफारिस नामहरू यस प्रकार छन्:

क्षेत्र नं. १:
घनश्याम खतिवडा, विनोद ढकाल, शान्ति लिम्बु, योगेश बस्नेत, डिल्ली शर्मा अधिकारी, भूपाल जिमी

क्षेत्र नं. २:
ऋषिकेश पोखरेल (निवर्तमान सांसद), दिलीप अग्रवाल (रङ्गेली नगर प्रमुख), नैनकला ओझा (पूर्व राष्ट्रियसभा सदस्य)

क्षेत्र नं. ३:
वासुदेव थापा, विजय डाँगी, सुजय गौतम, प्रकाश राई, किशोर राई, ज्ञानेन्द्र सुवेदी (प्रदेश सांसद), केदारप्रसाद गुरागाईँ (सुन्दरहरैचा नगर प्रमुख), इरान राई, सुरेन्द्रबहादुर थापा, मधु गुरुङ, धनमाया तामाङ, वीरेन्द्र श्रेष्ठ, मोहनप्रसाद न्यौपाने, रविन थापा, भानुभक्त ढकाल (पूर्व सांसद)

क्षेत्र नं. ४:
जीवन घिमिरे (केन्द्रीय सदस्य), विनोद ढकाल, नरेन्द्र बस्नेत, बाबुराम कार्की, महेश भट्टराई, मुकेश बुढाथोकी, मनोजविक्रम शाह, मृत्युञ्जय झा, मिना चौधरी

क्षेत्र नं. ५:
उद्धव पोखरेल, वीरेन्द्र यादव, मिना यादव, मझार आलम, दिलसाद आलम, मनोज तिवारी

क्षेत्र नं. ६:
लालबाबु पण्डित (पूर्व सांसद), पर्शुराम बस्नेत, सत्यनारायण चौधरी, भूराज राई, यशोदा अधिकारी, रिता न्यौपाने

यसैबीच, एमालेको महाधिवेशनमा सचिव पदमा पराजित भएका विनोद ढकालको नाम तीन निर्वाचन क्षेत्र (क्षेत्र नं. १, ४ र ६) बाट सिफारिस भएको छ।

अब जिल्ला कमिटीबाट सिफारिस भएका नामहरूमाथि प्रदेश र केन्द्रीय तहबाट छलफल गरी अन्तिम उम्मेदवार तय गरिने एमालेले जनाएको छ ।